|

डडेलधुरा : डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। डाकेआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो।

१७ घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकार मोहन जोशीले बताए। 'दुर्घटनामा १७ जना घाइते रहेका छन्, घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको उपचार डडेलधुरा उपक्षेत्रीय अस्पतालमा भइरहेको छ', प्रजिय जोशीले भने।

डोटीको शिखर नगरपालिकाअन्तर्गत बानिडुग्रेसइनस्थित पीसजोन एकेडेमीको बस दुर्घटना दुर्घटनामा परेको हो। बिहीबार अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएका व्यक्ति सवार स्कुल बस दुर्घटनामा परेको प्रहरीले बताएको छ।

मेला भरेर फर्किने क्रममा स्कुल बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बसमा करिब ३० जनाभन्दा बढी यात्रु सवार रहेको जनाइएको छ। बस सडकबाट करिब २०० मिटर तल खोलामा खसेको प्रहरीको भनाइ छ।

अहिले उद्दार कार्य चलिरहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ। उद्दारका लागि डडेल्धुराका प्रजिअ जोशी, प्रहरी प्रमुख डम्बरबहादुर केसीलगायत सुरक्षाकर्मीको टोली दुर्घटनास्थलमा खटिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.