|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा बिहीबार साँझ भएको बस दुर्घटनामा मानवीय क्षति भएको खबरले आफू मर्माहत भएको बताएका छन्।

अध्यक्ष दाहालले समाजिक सञ्जाल फेसबुकमा शोक वक्तव्य जारी गरी मृतकका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाईतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। घाइतेको उपचारमा सहयोग गर्न सरकार, पार्टी कार्यकर्ता तथा अन्य सबैमा जुट्न उनले अपील गरेका छन्।

डडेल्धुराबाट डोटी जाँदै गरेको स्कुल बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।  डाकेआई सिंह राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.