|

दार्चुला : मालिकार्जुन–३ तेर्छालेकमा मिनिबस दुर्घटना भएको छ। मालिकार्जुन मन्दिकारकाे जात्राबाट फर्किँदै गरेका मानिस लिएर खलंगा अाउँदै गरेकाे म १ ख ४३६ नम्बरकाे  बस दुर्घटना भएको हो।

बिहान साढे तिन बजेतिर दुर्घटना भए पनि थप विवरण अाउन बाँकी रहेको डीएसपी नवराज अधिकारीले जानकारी दिए। सशस्त्र प्रहरी र सेनाकाे टाेली पनि घटना स्थलमा रहेकाे छ। दुर्घटनामा एक जनाकाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ। अँध्याराे भिर र जंगल भएकाले उद्धारमा समस्या भएकाे प्रहरीकाे भनाइ छ। यसबारेमा थप विवरण अाउँन बाँकी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.