|

बैतडी : पछिल्लो समयमा जन्मदिन मनाउने नाममा हजारौँ रुपैयाँ खर्चिएर आफ्नो जम्मदिन मनाउने चलन बढिरहेको छ। जन्मदिनमा केक काट्ने साथीभाइलाई जम्मा गरी पाटीसमेत गर्ने प्रचलन बढ्दै गरेको अवस्थामा बैतडीका एक युवाले आफ्नो जन्मदिनको खर्च अपांगता भएका परिवारका लागि खर्चिएका छन्।

अनेरास्ववियु बैतडीका जिल्ला अध्यक्ष भुवन कार्कीले आफ्नो जन्मदिनको खर्च कटाएर अपांगता भएका परिवारलाई सहयोग गरेका हुन्। बिहीबार परेको आफ्नो २७औँ जन्मदिनको अवसर पारेर कार्कीले दशरथचन्द नगरपालिका २ देहिमाडौं घर भएका अपांगता भएका परिवारलाई नगदसहित लत्ताकपडा सहयोग गरेका हुन्।

देहिमाडौंका पूर्णबहादुर बोहराका छोराछोरीहरूलाई सहयोगस्वरूप १० हजार बढीका लत्ताकपडा, रजाइँ, गद्दा तथा ४ हजार ५०० नगद दिएको हो। पूर्णकी २३ वर्षीया छोरी हिरा, १५ वर्षीया करिस्मा, १८ वर्षीया भूमिका र १० वर्षीय जयन्त बोहरा अपांगता रहेका छन्। 

घरमै आएर सहयोग पाउँदा निकै खुसी भएका अपांगता भएकी हिरा बोहराले बताइन्।  उनीहरूले आफूहरूको पढ्ने इच्छा भएको बताउनुका साथै घरमा ह्वीलचेयर जाने बाटो नहुँदा समस्या भएको बताएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिका ७ देउलेक घर भएका अखिलका बैतडी अध्यक्ष कार्कीले जन्मदिनको फजुल खर्च  जोगाएर  सहयोग गरेको बताए। फजुल खर्च गर्नुभन्दा गरिब असहायलाई सहयोग गर्न पाउँदा आफू निकै गर्ववान्भित भएको कार्कीको भनाइ छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.