|

कपिलवस्तु : शुद्धोधन गाउँपालिका–४, मोतीभारी मा एक युवकको गोली हानी हत्या गरिएको छ। २८ वर्षीय राजाबाबु भनिने दीपेन्द्रकुमार चौधरीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ। टाउकोमा गोली लागेको उनको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीयहरुबीच विवाद हुँदा राति करिब साढे १० बजे चौधरीमाथि गोली प्रहार भएको कपिलवस्तुका प्रहरी उपरिक्षक अच्युत पुडासैनीले बताए। चौधरीको शव अहिले मेडिकल कलेज भैरहवामा राखिएको पारिवारिक जनाइएको छण्। हत्यामा संलग्नको खोजी भैरहेको प्रहरीले जनाएको छ। 

चौधरी प्रदेशसभा निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं‍. १ (ख)मा स्वतन्त्र उम्मेदवार थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.