|

खोटाङ : खोटाङमा ७५ वर्षीय वृद्ध मृत फेला परेका छन्। शुक्रबार धार्मिक तथा पर्यटकीयस्थल भुल्केमा मेला भर्न गएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ६ नेर्पाका ७५ वर्षीय बीरबहादुर गुरुङ शनिबार मृत फेला परेका हुन्।

भुल्केमा लागेको मेला भर्न गएका गुरुङ घरमा नफर्केपछि खोजी गर्नेक्रममा गुरुङको शव शनिबार नामटार खोलाको भीरभन्दा तल फेला परेको हो। गुरुङको घर फर्कने क्रममा राती भीरबाट लडेर मृत्यु भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए।

मृतक गुरुङको शव पोष्टर्माट गरेर आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.