|

काठमाडौं : सरकारले नेपाल भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट कन्सुलर आङसाङ सुकीलाई सुरक्षा खतरा रहेको बताएकाले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ। एसिया प्यासिफिक सम्मेलनमा भाग लिन र द्विपक्षीय भेटका लागि उनीहरू बिहीबार बिहान नेपाल आएका छन्। 

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्ता एवं मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई नेतालाई 'सुरक्षा थ्रेट' रहेको बताए। उनले भने, 'कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यानमारकी स्टेट कन्सुलर आङसाङ सुकीलाई सुरक्षा थ्रेट रहेको सरकारको धारणा छ।' उनले के कारणले सुरक्षा थ्रेट रहेको हो भन्ने खुलाएनन्। 

यातायातमा किन जोड बिजोर प्रणाली लागू गरेको र एसिया प्यासिफिक सम्मेलनका कारण यात्रुलाई समस्या परेको भन्दै आएको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन्। 

नेपाली कांग्रेसका नेता एवं सांसद गगन थापाले जोर बिजोर प्रणाली उल्लं‍घन गर्ने भन्ने सामाजिक संजालमा लेखेको बारे प्रतिक्रिया दिँदै मन्त्री बाँस्कोटाले कांग्रेस पार्टी पनि उक्त कार्यक्रमा सहभागिता रहेकोले आफूले जवाफ दिन आवश्यक नभएको बताए। उनले कांग्रेसले आफूलाई किन उक्त कार्यक्रममा सहभागी गराएको भन्ने प्रश्न गरे। उनले सुरक्षा चुनौती भएकाले नै जोर बिजोर प्रणाली लागू गरिएको बताए। थापाको प्रतिक्रिया 'खजाना केही नभेटेपछि एउटा ढुंगो टिपेर फ्याँकिदिम्' भन्ने सोचाइबाट आएको बताए। 

मन्त्री बाँस्कोटाले अहिले राम्रो सुरक्षा दिए भविष्यमा ती देशबाट आउने पर्यटकमा राम्रो सन्देश जाने जिकिर गरे।

सम्बन्धित समाचारः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.