|

संखुवासभा : जिल्ला कारागार खाँदबारीमा क्षमताभन्दा तेब्बर कैदी भएपछि समस्या हुन थालेको छ। २५ जना कैदीको क्षमता भएको खाँदबारी कारागारमा अहिले ९२  कैदी राखिएको जेलर विनोद अधिकारीले बताए। 

कैदीहरू कारागारलाई  न्युनतम सुविधा दिन नसकेको जेलर अधिकारीको भनाइ छ। ३.५ रोपनी क्षेत्रफल फैलिएको कारागारमा कैदीहरूको व्यक्तित्व विकास, सिप विकास तथा कला विकासका पर्याप्त ठाउँ छैन।

कारागारमा आपतकालीन अवस्था आएमा तकालै उद्धार गर्ने र सुरक्षा दिन समेत कठिन रहेको छ। कारागारको माथिको भागमा बजार भएकाले भवन निर्माण भएका छन्। तल तिर भिरालो र स्थानीयका जमिन भएकाले सडक  पुर्‍याउने सकिएको छैन। कारागार जाने माथिको भागमा सानो भिरालो सिँढी ओर्लिए मात्र पुग्न सकिन्छ। कारागारको उद्दारमा पुग्न एम्बुलेन्स, दमकल तथा सुरक्षा निकायका गाडी पुग्नसक्ने सडक समेत नभएको जेलर अधिकारीले गुनासो गरे।

भौतिक संरचना प्रयाप्त नहुँदा वर्षायाममा पानी चुहिने छाप्रोमा खाना पकाएर खानु पर्ने अवस्था भएको कैदीको गुनासो छ। कारागारको सुधार तथा क्षमता वृद्धि गर्न सरोकारवालालाई पटक–पटक अनुरोध गरे पनि वेवास्ता गरिएको जिल्ला कारागार खाँदबारीका प्रमुख विनोद अधिकारीको गुनासो छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.