|

काठमाडौं : ३०अौँ विश्व एड्स दिवसको पूर्वसंध्यामा काठमाडौंको गौशालामा दीप प्रज्वलन गरिएको छ। माइती नेपालको आयोजनामा दीप प्रज्वलन गरिएको हो।

एड्सबाट मृत्यु भएकाहरूको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्दै एचआइभी संक्रमणविरुद्ध जनचेताना सिर्जना गर्न यस्तो दीप प्रज्वलन माइती नेपालले जनाएको छ। उक्त कार्यक्रममा माइती नेपालका कर्मचारी र पुनर्स्थापना गृहमा रहेका महिला तथा बालबालिका सहभागिता भएका थिए। 

महिला हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गतको महत्वपूर्ण दिनको रूपमा शुक्रबारको दीप प्रज्वलन कार्यक्रमलाई लिइएको माइती नेपालले जनाएको छ। माइती नेपालले हाल ४२ जना संक्रमितको लागि सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.