|
प्रतीकात्मक तस्बिर

सुर्खेत : सुर्खेतमा पिकनिकमा गएको बस दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ। कटकुवाबाट सुर्खेत आउदै गरेको भे १ ख ८५९ नम्बरको बस कपासे नजिकै दुर्घटना हुँदा अरू ४३ जना घाइते भएका छन्।

प्रहरीको अनुसार भर्खरमात्र उद्धारकार्य सकिएको छ। घाइतेहरूको कर्णाली प्रदेश अस्पताल, देउती अस्पताल, माया नर्सिङहोममा उपचार भइरहेको छ।

पिक्निक खाएर फर्कदै गरेको अवस्थामा कपासे नजिकैको मोडमा बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतले जनाएको हो। बसमा कति जना सवार थिए भन्ने भन्ने एकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण पनि खुल्न सकेको छैन।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.