|

हेटौंडा : रोटरी क्लब अष्ट्रेलिया र रोटरी क्लब हेटौंडाले स्कुल भवन निर्माण गरिदिएपश्चात् स्थानीय हर्षित भएका छन्। भवनको अभावमा हेटौंडा उपमहानगरपालिका ११ स्थित सरस्वती प्राथमिक विद्यालयका विद्यार्थीको दुईवटा कक्षाका छात्रछात्रा एउटै कोठामा वसेर पढन वाध्य थिए।

२०७२ वैशाख १२ गते आएको भूकम्पले उक्त विद्यालयको भवन क्षतिग्रस्त बनाएको थियो। नर्सरीदेखि ५ कक्षासम्म पठन-पाठन हुने उक्त स्कुलमा भवनको अभावमाले १ र २ कक्षा एउटै कोठामा ३ र ४ कक्षाका विद्यार्थी एउटै कोठामा राखेर पढाउने गरिएकाे थिए। 

अष्टेलियन रोटरी क्लबको आर्थिक सहयोगमा  रोटरी क्लब हेटौंडाले साढे २६ लाखको लागतमा २ कोठे विद्यालय भवन र लैंगिकमैत्री शौचालय निर्माण गरिदिएको छ। उक्त नवनिर्मित भवन आइतबार अष्ट्रेलियाको तासमेनिया रोटरी क्लबका जेम्स विलकक्स र रोटरी क्लब हेटौंडामा अध्यक्ष लेखराज पोखरेलले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए। उक्त स्कुलमा ९९ प्रतिशत जनजाति समुदायका २०० जना बालबालिकाहरू पढ्ने गर्छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.