|

इंग्लिस प्रिमियर लिगमा अपराजित लिभरपुलले आइतबार सनसनिपुर्ण जित निकालेको छ। निर्धारित तथा अक्तिरिक्त समयको अधिकाशं समय एभर्टनसँग गोलरहित बराबरीमा रोकिएको लिभरपुल अन्तिम मिनेटमा गोल गर्न सफल भएसँगै सिटीमाथिको दबाब कायम राख्न सफल भएको छ।

जर्गेन क्लोप्पस्को प्रशिक्षणमा रहेको लिभरपुललाई उसकै घरेलु मैदानमा एभर्टनले  गोलरहित बराबरीमा रोकेको थियो। तर इन्जुरी समयको अन्तिम मिनेटमा जोगिन नसक्दा एभर्टन हार ब्योहोर्न बाध्य भयो।

६ मिनेट थपिएको इन्जुरी समयको ९६ औँ मिनेटमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुलको संकट टारे। एभर्टनका गोलरक्षक जोर्डन पिकफोर्डको गल्तिका कारण ओरिगीले लिभरपुललाई निर्णायक अग्रता दिलाए। गोलरक्षक पिकफोर्डले भर्जिल भान डिजेकको प्रहार राम्रोसँग नियन्त्रण गर्न नसक्दा पाएको बललाई बललाई ओरिगीले गोलमा परिणत गरेका थिए।

जितपछि दोस्रो स्थानको लिभरपुलको १४ खेलबाट ३६ अंक भएको छ। उ शीर्ष स्थानको म्यानचेस्टर सिटी भन्दा दुई अंकले पछि रहेको छ। छैटौँ स्थानको एभर्टनको २२ अंक छ।

लिगमा नै आइतबार भएको खेलमा आर्सनलले पनि आफ्नो प्रभावसाली प्रदर्शन जारी राखेको छ। टोटनह्यामलाई ४–२ ले पराजित गरेको आर्सनल लिग अंक तालिकामा ३० अंकका साथ चौंथो स्थानमा रहेको छ। अर्को खेलमा चेल्सीले फुलह्यामलाई २–० ले पराजित गर्यो। ३१ अंक जोडेको चेल्सी तेस्रो स्थानमा रहेको छ। जारी सिजन इंग्लिस प्रिमियर लिग निकै रोचक बनिरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.