|

फ्रान्समा इन्धनको मूल्य वृद्धिको विरोधमा सुरु भएको प्रदर्शनले हिंसात्मक तथा सरकार विरोधी रुप लिँदै गएपछि फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सुरक्षा अधिकारीसँगको आपतकालीन बैठक गरेका छन्। 

सरकार विरोधी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तनाव भएपछि राष्ट्रपति म्याक्रोनले सुरक्षा प्रमुखसँग बैठक गरेका हुन्। अवस्थालाई नियन्त्रणमा लिनका लागि सबै विकल्प खुला रहेको मन्त्रीहरुले बताएका छन्। मन्त्रीका अनुसार अवस्थालाई साम्य पार्न देशमा आपतकालीन अवस्था लागू गर्ने विकल्प पनि खुला रहेको बताएका अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। 

तर यसबारेमा सुरक्षा अधिकारीसँगको बैठकमा छलफल भने नभएको मन्त्रीले बताएका छन्। इन्धनमाथि लाग्दै आएको कर बढेपछि दैनिक जीवन गुजाराका लागि समस्या भएको भन्दै फ्रान्समा आन्दोलन जारी छ। राष्ट्रपति इम्यानुएल म्याक्रोनले भने विश्वव्यापी तापमान वृद्धि विरुद्धको अभियान अन्तर्गत आफूले इन्धनका सम्बन्धमा पछिल्लो निर्णय लिएको बताउँदै आन्दोलनप्रति असन्तुष्टी जनाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.