|

पर्सा : नक्कली पान बिल प्रयोग गरी अवैध ढंगले भण्डार गरी राखेको ७१० केजी परिणामको मरिचसहित कारोबारीलाई समेत जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरनजिक अवैध ढंगले भण्डारण गरी राखेको ठूलो परिणामको मरिच र मरिचको कारोबार गर्ने व्यक्तिलाई बाबुलाल महतोलाई पर्सा प्रहरीले पक्राउ गरेको हो।  
'अवैध पान बिल प्रयोग गरी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका बाबुलाल महतोले भारी परिणाममा अवैध मरिच भण्डारण गरिराखेको भेटियो' छामामारीमा खटेका पर्साका प्रहरी निरीक्षक राजेश दत्तले भने। प्रहरीलाई प्राप्त ठोस सूचनाको आधारमा छापामारी गर्दा पान बिलसमेत नक्कली भेटिएको  उनले बताए।   

कारोबारी महतो र उनका छोरा सुरेश महतोले फुड्स मर्चेन्ट एण्ड कमिसन एजेण्ट नामको जाली पान बिल प्रयोग गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। बरामद गरिएको मरिचमध्ये २७ वटा बोरा २५ केजीको र २ वटा आधा–आधा गरी कुल २९ वटा बोरामा राखेको रहेछ उनले भने।

पान बिल नै नक्कली बनाएर राजस्‍व मार्ने काम गरेको खुलेपछि प्रहरीले मरिचसहित पसलका मालिकलाई पनि नियन्त्रणमा लिनुपरेको उनको भनाइ छ। 
राजस्‍व छल्ने हरेक उपायमध्ये पान बिल नै नक्कली प्रयोग गरी राज्य संयन्त्रलाई समेत छल्ने काम गर्नु बदमासी हो। व्यापारीले यतिसम्म गिरेर व्यवसाय गर्नु ठिक होइन प्रहरी उपरीक्षक ढकालले तर्क गरे। बरामद गरिएको मरिच मंगलबार मध्यक्षेत्रीय राजश्व अनुसन्धान कार्यालय पथलैया पठाउने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। 
बरामद गरिएको मरिचमध्ये ५७५ केजी त सोमबार मात्रै खरिद गरी ल्याएको कारोबारी महतोले बताए। बाँकी १३५ केजी चाहिँ पहिलेदेखिकै गोदाममा थियो उनले भने। प्रहरीले बरामद गरेको सबै मरिच ७१० केजी रहेको महतोले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.