|

बेझाड : तिनाउ गाउँपालिका– ३ हेडबक्स नजिकै मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

मंगलबार बिहान बुटवलबाट पाल्पा आउँदै गरेको लु३०प ४१९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मदनपोखरा दमकडाका ३७ वर्षीय गणेश रेग्मीको मृत्यु भएको हो।

मोटरसाइकल सडकबाट १०० मिटर तल तिनाउ खोलामा खसेको दोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक एकबहादुर नेपालीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.