|

घोराही : लमहीमा गएराति मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्। 

वेलाबाट गढवातर्फ आउँदै गरेको रा३प ३६२७ नम्बरको मोटरसाइकल गढवा गाउँपालिका–७ मानपुरमा अनियन्त्रित भई दुर्घटना हुँदा २० वर्षीय दिनेश चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

चौधरीको उपचारको क्रममा लमही अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका १८ वर्षीय रोशन चौधरी र १७ वर्षीय महेश चौधरी घाइते भएका छन्। घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.