|

पर्वत : मजदुर र आयोजनाको बीचमा सहमति भएपछि गएको बुधबारदेखि अवरुद्ध भएको मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य सूचारु भएको छ। 

आयोजनाको सुरुङ्गमा विस्फोट लागि माटोको लोला भर्ने काममा कार्यरत छ जना महिला मजदुर आयोजनाले कामबाट निकालेकोे भन्दै  मजदुर निर्माण कार्य अवरुद्ध गराएका थिए। मजदुर, स्थानीय जनप्रतिनिधि र आयोजनाबीच भएको वार्तामा निकालिएका पाँच महिला मजदूरलाई  पुर्नवाहाली गर्ने सहमति भएपछि मजदूरहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्। निस्कासन गरिएका महिलालाई पुर्नबहाली गर्ने सहमतिपछि काम सुचारु भएको आयोजना प्रमुख निरञ्जनकुमार राउतले जानकारी दिए।

आयोजनाले सुरुङ्गमा विटनको काम सकिएको र निर्माण कार्य अन्तिम चरणमा पुगेका कारण माटोको लोला भर्नु नपर्ने हुँदा करारमा राखिएका कर्मचारी निस्कासन गरेको थियो। आयोजना प्रमुख राउतले काम पनि नभएको र गत असार देखि नै तलब निकासा नभएका कारण कामदार घटाउन निस्कासन गर्नुपर्ने अवस्था आएको भएपनि सवै मजदुरहरू आन्दोलनमा उत्रिएपछि पुर्नवाहली गरिएको बताए। मजदुर आन्दोलनका कारण रोकिएको सुरुङ्ग, पावर हाउस, इन्टेकलगायतका संरचना निर्माण कार्य रोकिएको थियो।

पर्वतको मोदी गाउँपालिका–२ देउपुरमा निर्माण भैरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण चौधरी ग्रुपले निर्माण गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.