|

काठमाडौं : मनाङले जावलाखेललाई १–० ले पराजित गर्दै जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आफ्नो जितको यात्रा जारी राखेको छ। अन्जन विष्टले पेनल्टीमार्फत गरेको गोल निर्णायक भएपछि मनाङ छैटौँ खेलमा छैटौँ जित निकाल्न सफल भयो।

मनाङले दबाब बनाएको खेलमा अन्तिम समयमा जावलाखेलले उत्कृष्ट गोलका मौका चुकाउँदा सम्‍भावित बराबरीबाट जावलाखेल चुकेको थियो। इन्जुरी समयको  तेस्रो मिनेटमा जावलाखेलले बराबरी गर्ने राम्रो मौका चुकाएको थियो। 

इन्ज्युरी समयको अन्तिम मिनेटमा जावलाखेलका लावल ओलाकनले २५ यार्डबाट गरेको आकर्षक फ्री किक क्रसबारमा लागेर फर्कि‌ंदा जावलाखेल स्तब्ध भयो। जितसँगै मनाङ लगातार छैटौँ जित दर्ता गर्दै १८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ। मनाङले दोस्रो स्थानको संकटालाई ३ अंकले पछाडि पारेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.