|

काठमाडाैं : सर्वोच्च अदालत लगायत मातहतका अदालत तथा न्यायाधिकरणहरूले गत आर्थिक वर्षमा झण्डै ६६ प्रतिशत मुद्दाको अन्तिम किनारा लगाएका छन्।

गतआर्थिक वर्ष २०७४/०७५ मा सर्वोच्च अदालत र मातहत अदालत एवं न्यायाधिकरणहरूले गरेको कार्यसम्पादन प्रतिवेदनमा ६५.७७ प्रतिशत मुद्दाकोअन्तिम किनारा भइसकेको देखिएको हो। यस अवधिमा नयाँ दर्ता भएका र अघिल्लो वर्षका गरी जम्मा दुईलाख ७६ हजार १४७ मध्ये एकलाख ८१ हजार ६११ वटा मुद्धा फछ्यौट भएका छन्। यो गत आर्थिक वर्षको तुलनामा ३.८९ प्रतिशत बढी हो।

बिहीबार अदालत परिसरमा पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले ३७.९६ प्रतिशतमुद्दाकोअन्तिम किनारा लगाएको बताएको छ। सर्वोच्चमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएको र नयाँ दर्ता भएका गरी जम्मा ३२ हजार ७.१७ मुद्दा मध्येबाट १२ हजार ४१९ मुद्दा फर्छ्याैट भएका हुन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५.० एक प्रतिशत हो। उच्च अदालतले ७१.१० प्रतिशत, जिल्ला अदालतले ६७.७८ प्रतिशत  र अन्य अदालत तथा न्यायाधिकरणहरूले ४९.६५ प्रतिशत मुद्दा फछर्यौट गरेका छन्।

अघिल्लो आर्थिक बर्षको तुलनामा उच्च अदालतले ८.२७ प्रतिशत र जिल्ला अदालतले १.५ प्रतिशतले बढी मुद्दाको फर्छ्याैट गरेका हुन्। तुलनात्मक रुपमा यस आर्थिक वर्षमा मुद्दा फर्छ्याैटको प्रतिशत बढे पनि अपेक्षित रुपमा मुद्दा फर्छ्याैट हुन सकेका छैनन्। तर सर्वोच्च अदालतले भने लक्ष भन्दा बढी मुद्दा फर्छ्याैट भएको दाबी गरेको छ।

न्यायालयले गरेको फैसला कार्यान्वयनमा भने कैदतर्फ गत आर्थिक वर्षको तुलनमा यस आर्थिक वर्षमा २.७३ प्रतिशतले घटी कैद असुल भएको देखिएको छ।जरिवानातर्फ पनि १०.४६ प्रतिशतले कमी आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.