|

काठमाडौं : सरकारले यातायात समितिलाई कम्पनीमा दर्ता गर्न दिएको समय फेरी थप गरेको छ। यसअघि मंसिर मसान्तसम्मको समय दिएको सरकारले  फेरि म्याद थप गर्दै फागुन मसान्तसम्म पुर्‍याएको हो।

यातायात समितिहरु कम्पनीमा जान कम्पनी ऐनका केही दफा संशोधन गर्नुपर्ने र समितिका सम्पत्ति स्वतः कम्पनीमा हस्तान्तरण हुनुपर्ने यातायात व्यवसायी राष्ट्रिय महासंघले शर्तअघि सारेपछि संशोधनका लागि म्याद थप गरिएको हो।

यातायात विभागका महानिर्देशक लावन्य ढकालले व्यवसायीको माग सम्बोधनका लागि ‘कम्पनी ऐन’ संशोधनको तयारी भइरहेको जानकारी दिए। सरकारले यातायात क्षेत्रमा सिन्टिकेट अन्त्यको घोषणा बैशाख मै गरेपनि कार्यान्वयनमा भने चुनौति देखिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.