|

कञ्चनपुर : कञ्चनपुरमा दुई दिनदेखि विद्युतको अभावमा सञ्चारका माध्यम अवरुद्ध भएका छन्। विद्युतको अभावमा जिल्ला सदरमुकाम भीमदत्तनगर, झलारी, बेलौरी र पुनर्वासबाट प्रकासित हुने कुनै पनि पत्रपत्रिका प्रकासन हुन सकेका छैनन्।  विद्युतकै अभवामा एफएम रेडियोको प्रसारण समेत अवरुद्ध भएको छ। पहिचान दैनिक झलारीका सम्पादक धनबहादुर चौधरीले विद्युतको अभावमा दुई दिन देखि पत्रिका प्रकासन हुन नसकेको बताए।

बेदकोट नगरपालीका ७ लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको शव स्टेशनमा शुरक्षागार्डका रुपमा कार्यरत चन्द्रदेव भट्टको आईतवार ट्रान्सफर्मरमा करेन्ट लागेर मृत्यु भएपछि विद्युत सेवा अबरुद्ध भएको हो।

मृतक भट्टको मृत्युको छानविनको माग गर्दै उहाँका आफन्तले पूर्व पश्चिम राजमार्ग अबरुद्ध गर्नुका साथै शव स्टेशनमा तोडफोड गरेपछि विद्युत सेवा अबरुद्धभै सुचारु हुन सकेको छैन। भट्टका परिवारजनले दुई दिन वित्दा समेत शव बुझेका छैनन्। मृतकको शव ट्रान्सर्फमरमै अडकेको अबस्थामा रहेको छ। 

 प्राधिकरणको शव स्टेशनमा कार्यरत तिलक स्वार, मिनराज भट्ट, चक्र बहादुर चन्द, महेश शाह र कमल बडुलाई प्रहरीले सोधपूछका लागि पक्राउ गरेको छ।

 नेपाल विद्युत प्राधिकरण वितरण शाखा भीमदत्तनगरका प्रमुख बेदकुमार गुप्ताले मृतकका परिवार संग शव बुझने र क्षतिपूर्ति बारे छलफल भैरहेकाले साँझ सम्म विद्युत सुचारु हुन सक्छ उनले भने, ‘शव स्टेशनमा क्षति कति पुगेको त्यसको आधारमा सञ्चालन हुन्छ।’ मृतकका आफन्तले आज पनि राजमार्ग अवरुद्ध गर्दा यातायातका सञ्चालन हुन सकेका छैनन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.