|

उदयपुर : उदयपुको कटारी नगरपालिका १ बाट प्रहरीले गएको सोमबार राति लागुऔषध र मोटरसाइकल बरामद गरेको छ। प्रहरी चौकी बेलसोत र ट्राफिक प्रहरीसहितको टोलीले सवारी चेकजाँचको क्रममा मिर्चैयाबाट कटारी आउँदै गरेको  को३४प ६८४५ नम्बरको मोटरसाइकलमा सवार व्यक्ति भागेपछि मोटरसाइल र लागुऔषध झोला बरामद भएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी अर्जुन रानाभाटाका अनुसार उक्त झोला चेकजाँच गर्ने क्रममा लागुऔषध नाइट्राभेट १९५ पिस, डाइलेक्स डिसी ३९ बोतल, सिटिजाइन २० पिस र श्भाअयचत १२ पिस बरामद गरेको हो।

भाग्ने व्यक्तिको झोलाबाट धनुषा नगराइन १ बस्ने बर्ष ४० को निलेन्द्र कुमार कर्ण नाम गरेको नागरिकतासमेत फेला परेको प्रहरी जनाएको छ। बरामद मोटरसाइकल र लागुऔषध इलाका प्रहरी कार्यालय कटारीमा राखि थप अनुसन्धान तथा फरार व्यक्तिको खोजतलास भइरहेको प्रहरीको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.