|

काठमाडौं : संघीय संसद सचिवालयले काठमाडौंमा घर भएका संघीय संसदका सदस्यहरूले नियमविपरीत घरभाडा लिएको भन्ने 'समाचारले सांसदहरूको आत्मसम्मानमा चोट पुगेको' भन्दै विज्ञप्ति निकालेको छ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले मंगलबार एक विज्ञप्ति जारी गर्दै समाचारले सचिवालयको गम्भीर ध्यानाकर्षण भएको लेखेका छन्। उनले विज्ञप्तिमा सचिवालयको 'तथ्यांकीय त्रुटीका कारण काठमाडौंमा घर भएका सांसदहरूको खातामा घरभाडा वापतको रकम गएको' लेखिएको छ।

केहीदिन पहिले खोज पत्रकारिता केन्द्रको एक समाचारमा काठमाडौंमा घर भएका सांसदहरूले नियमविपरीत संसद सचिवालयबाट घरभाडावापत रुपैयाँ लिएको समाचार सार्वजनिक भएको थियो। त्यसपछि केही सांसदहरूले घरभाडा वापतको रकम फिर्ता गरेका समाचार सार्वजनिक भए भने केहीले सार्वजनिक रूपमा नै आफूले नलिएको दाबी गरे। त्यसरी दाबी गर्ने सांसदहरूले पनि घरभाडावापतको रकम भन्दै संसद सचिवालयमा रुपैयाँ फिर्ता गरेका थिए।

संसद सचिवालय स्रोतका अनुसार त्यसरी नियमविपरीत रुपैयाँ बुझ्ने सांसदहरूको दबाबमा संसद सचिवालयको गल्ती हो भनेर विज्ञप्ति निकाल्न दबाब दिएका थिए। यो विज्ञप्ति सोही दबाबमा आएको स्रोतले बताएको छ।

हेर्नुहोस् विज्ञप्तिः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.