|

काठमाडाैं : विश्व शारीरिक सुगठनमा स्वर्ण पदक जित्न सफल नेपालका महेश्वर महर्जन स्वदेश आइपुगेका छन्।

मंगलबार दिउँसो थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका उनलाई स्वागत गर्न ठूलो भीड जम्मा भएको थियो। थाइल्याण्डको चाङमईमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा उनले  गत शनिबार साँझ पुरुष ७५ केजी स्वर्ण पदक जितेका हुन्।

१२ राष्ट्रका बडी बिल्डरहरूबीच भएको  प्रतिस्पर्धामा टप ५ को छनोट गरिएको थियो। टप ५ मा नेपालसहित भारत, सिंगापुर, थाइल्यान्ड, उब्जेकिस्तानका बडीबिल्डर थिए। फाइनल राउन्डमा महर्जनले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जित्न सफल भएका थिए। उनले २०१६ मा भूटानमा भएको ५० औँ एसियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए। यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३ औँ संस्करणमा च्याम्पियन र १४ औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालका लागि पदक जितेर देशको नाम उच्च स्थानमा राख्न सफल भएकोमा आफूलाई गौरवान्वित महसुस भएको महर्जनले पत्रकार सम्मेलनमा जनाएका छन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.