|

गुल्मी : जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समयमा साइबर अपराधलाई काम गर्न अभियान चलाएको छ। जिल्लाका ११ वटा विद्यालयका कक्षा ९ र १० का विद्यार्थीलाई साइबर अपराधबारे कक्षा सञ्चालन गर्दै आएको छ।

जिल्ला प्रहरी कार्यलयले ‘प्रहरी समुदाय, प्रहरी साझेदार’ कार्यक्रमअन्र्तगत विद्यालयमा साइबर अपराधसम्बन्धी कक्षा सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले बताए।

प्रहरीले रेसुंगा नगरपालिकाको उपल्लो तम्घास माध्यमिक मावि, रेसुंगा मावि र भगवती मावि, मदाने गाउँपालिकाको दीपक मावि र पृथ्वी मावि, धुर्कोट गाउँपालिकाको धुर मावि, ईश्मा गाउँपालिकाको जनज्योति र रामराज्य माविमा कक्षा सञ्चालन गर्दै आएको छ। यस्तै, मुसीकोट नगरपालिकाको शिवशंकर र खसथोक मावि र सत्यावती गाउँपालिको बालकल्याण आधारभूत माविमा साइबर अपराधसम्बन्धी जानकारी दिइएको प्रहरीले जनाएको छ।

प्रहरीले सञ्चालन गरेको कक्षाबाट विद्यार्थीले साइबार अपराधका साथै सामाजिक सञ्जालको सुरक्षितबारे पनि जानकारी प्राप्त गरेको उपल्लो तम्घास माविका प्रधानाध्यपक राममणि पन्थीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.