|
File Photo

तेह्रथुम : बेहुलीमाथि सामूहिक कुटपिट गरेको आरोपमा प्रहरीले स्थानीय युवालाई पक्राउ गरेको छ। 

फेदाप गाउँपालिका–३ जलजलेमा केही युवाद्वारा सोमबार राति विवाह मण्डपमा नै बेहुलीमाथि सामूहिक कुटपिट गर्ने १० युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय सरोज लिम्बू, ओमन लिम्बू, दिनेश लिम्बू, सुदीप लिम्बू, मन्दिप लिम्बू, पूर्ण लिम्बू, नवीन लिम्बू, खगेन्द्र लिम्बू, सुजन लिम्बू र सनम लिम्बू रहेका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए। 

पक्राउ परेकालाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पाहुना आएका केटीसँग धान नाच्न स्थानीय युवाले अनुरोध गरेका र नमान्दा तानातान हुँदा आवेशमा आएर घटना घटेको पक्राउ परेका युवाले बताएको प्रहरीले जनाएको छ। 

कुटपिटबाट २२ वर्षीया बेहुलीप्रति सम्बाहाम्फे गम्भीर घाइते छिन्। वैवाहिक समारोह भइरहेका बेला समूहमा आएका युवाले विवाह मण्डपमै बेहुलीमाथि आक्रमण गरेका थिए। गम्भीर घाइते बेहुलीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ। बेहुली सम्बाहाम्फेको पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीका २२ वर्षीय सचिन आङ्देम्बेसँग विवाह भइरहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.