|

उदयपुर : उदयपुरको सुन्तलाको विभिन्न प्रकारका पेय पदार्थ बन्ने भएको छ। सुन्तला जोनमा उत्पादन भएको सुन्तालको किसानकै सक्रियतामा जुस, स्वास, जाम लगायतका पिय पदार्थ बन्ने भएको हो।

ताप्ली गाउँपालिकाका १ का स्थानीय किसान रुद्र सुनुवारका अनुसार यस वर्षबाट पेय पदार्थ उत्पादन गर्न थालिएको हो। ‘सुन्तालको ग्रेडिङ गरेर विक्री गर्न थालेपछि सी ग्रेडको सुन्तालाको विभिन्न पेय पदार्थ बनाउन लागिएको हो, उनले भने, ‘सुन्तला जोनमा उत्पादन भएको सुन्तला तीन ग्रेडमा वर्गीकरण गरेर विक्री गर्न थालेका छौँ, ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला बजारमा बिक्री हुन्छ, ‘सी’ ग्रेडको सुन्तलाको विभिन्न पेय पदार्थ बनाएर बिक्री गर्नुपर्ने वेला आएको छ।’

प्रधानमन्त्री कृषि आधुनकिरण परियोजना सुन्तला जोनले पेय पदार्थ बनाउने तीन दिने तालिम दिएपछि पेय पदार्थ बनाउने उपकरण किसान आफैँले खरिद गरेका छन्। ‘सुन्तला जातको बालीमा प्रशोधन प्रविधि तीन दिने तालिम दिएको थियो,’ पुन उनले भने, ‘त्यसलाई आवश्यक पर्ने विभिन्न कच्चा पर्दा र मेसिन हामी आफैँले खरिद गरेर पेय पदार्थ बनाउन लागेका हौँ।’

सुन्तला जोन सञ्चालन समितिका अध्यक्ष तोपबहादुर ज्यु ठकुरीले ग्रेडिङ गरेर विक्री गर्दा सि ग्रेडको सुन्ताला विक्री नहुने भएकाले पेय पदार्थ बनाएर बिक्री गर्न लागिएको बताए। ‘अहिले हाम्रो सुन्तला जोन मात्र हो,’ अध्यक्ष ठकुरीले भने, ‘जोनको सहयोगमा तालिम लिएका छौ, हामी आफैँले पिय पदार्थ बनाउने म्यानुअल जुस मेशिन खरिद गरेर ल्याएर पेय पदार्थ बनाउन लागेका हौँ, पहिलो चरणमा बनाएर हेर्‍यौँ।’

मेसिन खरिद गरेर ल्याएका किसानले जोन सहयोगमा तालिम पाएपपिछ ओरेन्ज जुस, स्क्वायस, जाम उत्पादन गरेका छन। ‘वाईन लगायतका धेरै प्रकारका पेय पदार्थ बनाउन सकिन्छ,’ जोन सञ्चालन समितिका अध्यक्ष ठकुरीले भने, ‘जोनबाट बढ्दै गएपछि सुपर जोन हुन्छ, अनि सुन्तालसम्बन्धी उद्योगहरु खोल्न पनि सरकारी सहयोग पनि पाइने रहेछ।’ बजारमा पाउने सुन्तालका पिय पर्दाथभन्दा मिसावट नगरिएको जुस, जाम, स्क्वायस उत्पादन गरेको बताउँछन्।

ठकुरीका अनुसार विस्तार सुन्तलाका पेय पदार्थ उत्पादन गरी बजारमा लैजाने तयारी भएको समेत बताए। ‘वर्षेनी यस क्षेत्रमा अव सुन्ताल उत्पादन घट्ने छैन,’ उनले भने, ‘पछि दिनहरुमा सुन्तालका अग्र्यानिक वाईन, जुस, स्कवायस, जामलगायत उत्पादन गरी बजार लाने तयारीमा छौँ।’

सुन्तलाका जोनका प्रमुख दीपकराज अधिकारीले उदयपुरको सुन्तलालाई ब्राण्ड बनाउँदै लैजाने योजनाअन्‍तर्गत ग्रेडिङ गरेर विक्री गर्न थालिएको बताए। ‘ए र वि ग्रेडको सुन्ताल बजारमा बिक्री हुन्छ,’ उनले भने, ‘सि ग्रेडको सुन्तलालाई पिय पर्दाथ बनाएर बजार पुर्‍याउन तालिम दिइएको छ।’

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ‘सुपर जोन’ बनेपछि सुन्तालसम्बन्धी उद्योगहरुनै खोल्न सरकारी सहयोग पाइने समेत बताए। उदयपुरको पश्चिमी पहाडी क्षेत्रमा साविकका गाविस सोरुङ छबिसे, ओख्ले, रुपाटार क्षेत्रमा सुन्ताल जोन परियोजना लागु गरी सुन्तला उत्पादन बृद्धि गर्न जोड गरिएको छ। अहिलेको कटारी नगरपालिका र ताप्ली गाँउपालिकामा पर्छन। ५ सय हेक्टर क्षेत्रफल विस्तार गर्ने गरी अहिले सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुन थालेको सुन्ताल जोनका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत अधिकारी बताउँछन। ‘मोटामोटी हिसाव गर्दा सय हेक्टरमा १४ सय मेट्रिकटन उत्पादन भएको अनुमान गर्न सकिन्छ।’ उनले भने, ‘सुन्तला उत्पादनको जोनको लागि रौतमाई गाँउपालिकाको २, ३, ४, ५, ६ र ८ नम्वर वडा, लिम्चुङ गाँउपालिकाको क्षेत्रमा विस्तार गर्न लागिएको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.