|

पर्सा : वर्णवाल सेवा समिति र वर्णवाल युवा संघ पर्साले एकहप्ता अगाडि नेपालगंजमा मृत भेटिएकी २६ वर्षीय माधुरी वर्णवालको दाइजोका कारण हत्या भएको भन्दै दोषीलाई कार्वाहीको माग गरेको छ। वर्णवाल सेवा समिति र वर्णवाल युवा संघको अगुवाइमा माइती पक्ष र शुभचिन्तकले वीरगंजमा प्रदर्शन गर्दै माधुरीका श्रीमान् मनिश चन्द वर्णवाल, उनका बुबा गोपीचन्द वर्णवाल र आमा राजकुमारीलगायत दोषी रहेको भन्दै कार्वाहीको माग गरेको हो।

पुस १७ गते मंगलबार झुण्डिएर आत्महत्या गरेको भनिएकी माधुरीको दाइजोको कारण सुनियोजित हत्या भएको माइती पक्ष र आफन्तको दावी छ। ठूलो संख्यामा उपस्थित उनीहरूले प्रदर्शन गर्दै दोषीलाई कारवाहीको माग गरेका छन्। मृत माधुरीका आफन्त र शुभचिन्तकले आफै झुण्डिएर हत्या गरेकी भनिएकी माधुरीको शव प्रहरीलाई खबर नगरी आफन्तले अस्पताल लानु गम्भीर शंका रहेको बताए। यसको सही छानविन र कारवाही हुनुपर्छ उनीहरूले भने। 

मृत अवस्थामा फेला परेकी भनिएकी आफ्नी छोरी माधुरीलाई श्रीमान् मनिष र ससुरा, सासुले दाइजोको लागि पटकपटक दवाव दिंदै आएका थिए। अन्त्यमा हत्या नै गरे माधुरीका बुबा वेदप्रकाश वर्णवालले भने। गएको वर्ष मंसिरमा मात्र छोरीको विवाह नेपालगंजका मनिश वर्णवालसँग भएको थियो। यस्तो हुन्छ भन्ने कल्पना समेत गरेको थिइन उनले मलिन अनुहार लगाउँदै भने। 

प्रदर्शनमा उत्रिएका मृतक माधुरीका माइती पक्ष र शुभचिन्तकले पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई भेटी दोषीलाई कारवाहीको माग गर्दै ज्ञापन पत्र पनि बुझाएका छन्। दाइजोका कारण श्रीमान्,उनका बाबु आमा लगायतले हत्या गरेको भनी ज्ञापन पत्रमा दोषीलाई कारवाहीको माग गरिएको छ। ज्ञापन पत्रको बोधार्थ राष्ट्रपति, प्रधानमन्त्री,गृहमन्त्री, मुख्यमन्त्री र महान्यायधिवक्ताको कार्यालयमा पनि दिइएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.