|

भक्तपुर : भक्तपुरको हनुमानघाटमा माधवनारायणको एक महिना लामो व्रत सोमबारबाट सुरु भएको छ। यो व्रत प्रत्येक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म बस्ने परम्परा रहेको छ।

हनुमानघाटमा माधवनारायणको व्रत बस्ने व्रतालुहरुले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

त्यसैगरी पुरुष व्रतालुहरु शरिरमा एकसरो सेतो कपडा लगाएर खोलामा टाउको देखिनी गरी विन्ती गरी स्नान गरिसकेपछि जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा रहेको छ।

पछिल्ला केही वर्षदेखी ढलका कारण हनुमानघाटस्थित त्रिवेणीधाम दुर्घन्धित भएपछि हनुमानघाटमा व्रत बस्नेको संख्या घट्दै गएको माधवनारायण मेला व्यवस्थापन समितिले जनाएको छ। किवंदन्ती अनुसार काठमाडौंको साँखुमा माधवनारायणको व्रत बस्ने प्रचलन सुरु हुनुभन्दा पहिलेदेखी नै भक्तपुरको हनुमानघाटमा व्रत बस्ने प्रचलन रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.