|

बैतडी : बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। १० स्थानीय तहमध्ये ४ नगरपालिका रहेको बैतडीका सबै नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो।  

यहाँका पुर्चाैडी, पाटन, मेलौली र दशरथचन्द नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन्। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सहज भएको छ।

ग्रामीण भेगमा सडक सञ्जाल पुगेकाले यहाँका नागरिकहरुका लागि सहज होस् भनी नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायकले बताए। 

एम्बुलेन्स सेवा सुरु भएपछि कुनै दुर्घटना हुँदा र सिकिस्त बिरामी भएको बेला बिरामीलाई छिटो अस्पताल लैजान सहज भएको पुर्चौडी नगरपालिकाका स्थानीय अनिरुद्र जोशीको भनाइ छ। पुर्चाेडी नगरपालिकाले गत महिनादेखि मात्रै एम्बुलेन्स सेवा सुरु गरेको हो। दशरथ चन्द नगरपालिकाले एक वर्षअघि नै सेवा सुरु गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.