|

काठमाडौं : चर्चित गायिका टीका प्रसाईंको चर्चित गीत 'माया लुकीलुकी'को कभर भिडियो प्रतियोगिताको उपाधि 'एजे क्रु डिडिए'ले प्राप्त गरेको छ। छोटो समयमा नै युटुबमा अत्यधिक भ्युज पाउन सफल भएको माया लुकीलुकी गीतको प्रवर्द्धनका निम्ति कभर भिडियो प्रतियोगिताको आयोजना गरिएको थियो।

त्यसअनुसार प्राप्त भिडियोमध्ये गायिका प्रसाईंको आफ्नै युटुब च्यानलमा २१ वटा भिडियो प्रतियोगिताका निम्ति अपलोड गरिएको थियो। प्रतियोगी बाँकी २० टिमलाई पछि पार्दै उत्कृष्ट भएर एजे क्रुले उपाधि हात पारेको हो।

प्रतियोगिताका विजयी क्रु एजेलाई नगद ५० हजार र सम्मानपत्र प्रदान गरिएको छ। काठमाडौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त पुरस्कार प्रदान गरिएको छ। पुरस्कार ग्रहण गर्न झापाको उक्त क्रु काठमाडौं आएको थियो। एजे क्रुका एरिना विष्णु मगर, अरूण लिम्बु, अनिल नेम्वाङ, मिलन खत्री, रोहित राई, निशान लिम्बू, हरिभक्त राजवंशी र भिटेनले कभर भिडियोमा अभिनय गरेका छन्। अरूण लिम्बूले निर्देशन गरेको म्युजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् भने बुद्ध थापा मगरले सम्पादन गरेका हुन्।

प्रतियोगितामा उत्कृष्ट भएको कभर भिडियोः

गत साउन १ गतेदेखि असोज ३१ गतेसम्मको समयसीमा तोकेर प्रतियोगिताको आह्‍वान गरिएको गायिका प्रसाईंले जानकारी दिइन। 'प्रतियोगितामा सहभागिताका लागि धेरै भिडियोहरू आएका थिए। तर, हामीले निश्चित नियम र सीमाहरू बनाएका थियौं', प्रतियोगिताबारे गायिका प्रसाईंले भनिन्, 'सोही नियममा रहेर निर्णायकले २१ वटा भिडियो छनौंट गर्नुभएको हो। यसपटक पनि अघिल्लो पटकजस्तै उत्साहजनक सहभागिता पायौं।' कभर भिडियो प्रतियोगीतामा निर्णायकको भूमिका महेश गोदारले गरेका हुन्।

त्यस अवसरमा गीतका गीतकार आनन्द अधिकारी, संगीतकार आशिष अबिरल, ओसेनियाकी प्रतिनिधि शिला श्रेष्ठ र निर्णायक महेश गोदारलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो। त्यस अवसरमा माया लुकीलुकी गीतलाई ४४ मिलियन बढीपटक हेरिएको खुशियालीमा केकसमेत काटेर खुसीयाली मनाइएको थियो।

गायिका प्रसाईंको आयोजना तथा ओसेनिया एजुकेशन सोलुशनको प्रस्तुति रहेको माया लुकीलुकीले हालसम्म चार करोड ४४ लाख बढी अर्थात् ४४ मिलियन भ्युज प्राप्त गरेको छ। २०७५ जेठ २४ गते गायिका प्रसाईंको युटुब च्यानलमा माया लुकीलुकी गीतको म्युजिक भिडियो अपलोड गरिएको थियो।

गीतकार आनन्द अधिकारीले लेखेको उक्त गीतको कम्पोज तथा एरेञ्ज आशिष अविरलले गरेका हुन्। उक्त गीतको भिडियो कार्टुन्ज क्रुले निर्माण गरेको हो। कार्टुन्ज क्रुका सरोज अधिकारीले भिडियोको निर्देशन गरेका हुन्।

माया लुकीलुकीको ओरिजिनल भिडियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.