|

दैलेख : महाबु गाउँपालिकाले 'मदिरा निषेधत गाउँपालिका घोषणा अभियान' सुरु गरेको छ। गाउँपलिकाको तेस्रो गाउँसभाबाट मदिरा निषेध गर्ने निर्णय पारित गरेसँगै गाउँसभाबाटै समिति गठन गरेको गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले बताए।

गाउँपालिकाभरि मदिरा बिक्री वितरण गर्ने लाइसेन्स कसैले नलिएको र आगामी दिनमा कसैलाई सिफारिस नदिने निर्णयसँगै कडाइका साथ अभियान थालिएको बताए।

मदिरा निषेधित अभियान सफल पार्न टोल टोलमा आमा समूह महिला सञ्जाल वडा अध्यक्ष र सदस्यहरुको सहभागितामा स्थानीय सुरक्षा कर्मीको निगरानीमा अभियान थालिएको गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी बुढाले बताइन्।

न्यायिक समितिमा आएका १२७ मध्ये धेरैजसो मुद्दा मदिरा सेवनबाटै भएको निवेदन आउने गरेको र मदिरा सेवनबाट हुने घरेलु हिंसा रोक्न यो अभियान थालिएको उपाध्यक्ष बुढाको भनाइ छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.