|
फाइल फोटो

काठमाडौं : नेपाल र युएईबीचको तीन खेलको टी-२० श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाललाई युएईले २१ रनले पराजित गरेको हो। 

बिहीबार युएईको आइसिसी ग्लोबल एकेडेमी क्रिकेट ग्राउन्डमा भएको खेलमा युएईले दिएको १५४ रनको लक्ष्य पछ्याएको नेपालले १३२ रन मात्रै बनाउन सक्यो।

युएईले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालका सन्दीप जोराले अविजित रहँदै सर्वाधिक ५३ रन बनाए। उनको अर्धशतकले नेपाललाई हारबाट टार्न सकेन। नेपालका अन्य ब्याट्सम्यान टिकेर खेल्न सकेनन्। नेपालका लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

नेपालको बलिङ धराशयी बनाउने क्रममा युएईका कप्तान मोहम्मद नावी, सुल्तान अहमल र जहोर खानले दुई-दुई विकेट लिएका थिए। एक विकेट अमीर हयातको नाममा रह्यो।

टस जितेर फिल्डिङ रोजेको नेपालले युएईका खेलाडीहरूलाई कम रनमा समेट्न सकेन। बलिङ पक्ष राम्रो मानिएको नेपालका लागि आज भने उत्कृष्ट प्रदर्शन हुन सकेन। 

युएईका लागि १५३ रन बनाउने क्रममा साहिमान अनवारले सर्वाधिक ५९, मोहम्मद उसमानले ३०, सिपी राजनले २२ र मोहम्मद बुटाले अविजित रहँदै २० रन प्रहार गरेका थिए। युएईले ६ विकेटको क्षतिमा पूरै ओभर खेल्दै १५४ रनको लक्ष्य खडा गरेको थियो।

बलिङतर्फ नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले दुई-दुई विकेट लिए भने अविनाश बोहरा र सोमपाल कामीको नाममा एक-एक विकेट रह्यो।

युएई भ्रमणमा रहेको नेपालले यसअघि तीन खेलको एकदिवसीय श्रृंखला जितेको थियो। 

नेपालले टी-२० श्रृंखलाका बाँकी खेल भोलि शुक्रबार र माघ २७ गते आइतबार खेल्नेछ।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.