|
नेपालको जीतमा महत्वपूर्ण प्रदर्शन गरेका दीपेन्द्रसिंह ऐरी

काठमाडौं : नेपालले युएईसँगको टी -२० श्रृंखलाको दोस्रो खेलमा जीत हासिल गरेको छ। शुक्रबार भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले युएईसँगको तीन खेलको टी-२० श्रृंखलामा बराबरी गरेको छ।

नेपालको जीतमा पवन सर्राफ र दीपेन्द्रसिंह ऐरीको साझेदारी महत्वपूर्ण रह्यो। पवन १८ रन बनाएर खेलको अन्तिममा आउट भएका थिए भने दीपेन्द्रले नटआउट ४७ रन बनाए। 

टस जितेर युएईले ब्याटिङ गरेको थियो। युएईले नेपाललाई १०७ रन बनाएको थियो। उसले पूरै ओभर खेल्न सकेन। 

१०८ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवाती ब्याटिङ राम्रो चलेन। नेपालका भरपर्दा कप्तान पारस खड्का शून्य रनमा आउट भए। ओपनरका रूपमा आएका खड्का पहिलो बलमै आउट भएका हुन्। अर्का ओपनर प्रदीपसिंह ऐरी पनि सस्तैमा आउट भए। उनी ८ रनमा आउट भए। 

नेपालका सन्दीप जोरा एक रनमा आउट भएका छन्। सन्दीपले श्रृंखलाको पहिलो खेलमा नटआउट ५३ रन बनाएका थिए। उनले पहिलो खेलमा जोडेको नटआउट ५३ रनले कम उमेरमा अर्धशतक बनाउने खेलाडीको रेकर्ड बनेको थियो।

केही सहज लाग्ने लक्ष्य पछ्याएको नेपालका सुरुवाती ब्याट्सम्यानहरू लगातार पवेलियन फर्किएका थिए। नेपालको चौथो विकेटका रूपमा करण केसी २० रनमा आउट भए। नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रनमा आउट भए। उनी श्रृंखलाको पहिलो खेलमा पनि ७ रनमै आउट भएका थिए। 

नेपालको सुरुवाती ब्याटिङलाईन ध्वस्त पार्ने क्रममा युएईका सुल्तान अहमदले २, जहोर खान, इमरान हैदर, मोहम्मद नावी र अमीर हयातले एकएक विकेट लिएका थिए।

नेपालसामू १०८ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा सिपी रिजवानले ४४, साहिमन अनवारले १४ र मोहम्मद बुटाले ११ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। आजको खेलमा कम स्कोरमा युएईलाई रोक्नमा नेपालका बलर सफल रहे। नेपालका लागि अविनाश बोहोराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई दुई विकेट लिए।  

नेपाल श्रंखलाको पहिलो खेलमा २१ रनको पराजित भएको थियो। श्रृंखलाको अन्तिम खेल २० गते आइतबाार हुनेछ। उक्त खेल श्रृंखलाको निर्णायक हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.