|

काठमाडौं : निलम्बित सांसद हरिनारायणप्रसाद शाह रौनियारको निलम्बन फुकुवा माग गर्दै संघीय समाजवादी फोरम नेपालले सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएको छ। रौनियार पप्पु कन्स्ट्रक्सनको भ्रष्ट्राचार काण्डमा निलम्बनमा भएका थिए।

फोरम नेपालबाट निर्वाचित सांसद रौनियारलाई प्रतिनिधिसभा नियमावली विपरीत निलम्बन गरिएको भन्दै ज्ञापनपत्र बुझाइएको हो। फोरमको संसदीय दलको निर्णय बमोजिम उपनेता रामसाहयप्रसाद यादवको नेतृत्वमा सभामुखलाई ज्ञापनपत्र बुझाइएको हो।

ज्ञापनपत्र बुझाउन फोरमका सांसद विमल श्रीवास्तव, उमाशंकर अरगरिया, प्रमिला यादव, रेनुका गुरुङले, रोही नाजगायत सभामुख महराको सिंहदरबारस्थित कार्यालयमा पुगेका थिए। उपनेता यादवले पार्टीको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद रौनियारलाई संसदीय गतिविधिमा संलग्न हुनु दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको बताए।

सभामुख महराले आफू यस विषयमा सकारात्मक भएको र कानुनमन्त्रीसँग छलफल गरेर अघि बढ्ने जवाफ दिएको पनि उनले बताए।

फोरमले सभामुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ पनि उपस्थित थिए। सभामुख महराले कानुनमन्त्रीलाई बोलाएपछि त्यहाँ कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल पनि उपस्थित भएका थिए। 

सांसद रौनियारलाई असोज १९ गते सूचना टाँसेर निलम्बन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.