|

पर्सा : जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको प्रहरीले वीरगञ्जबाट बाराका एक युवकलाई प्रतिबन्धित लागूऔषधसहित पक्राउ गरेको छ। जिल्लाको सूदुरपूर्वमा रहेको वीरगञ्ज महानगरपालिका १६ रजत जयन्ती चौकबाट प्रतिबन्धित लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित पर्सा प्रहरी मातहतको प्रहरीले बाराका युवकलाई वीरगञ्जमा पक्राउ गरेको हो। 

प्रतिबन्धित लागूऔषधसहित पक्राउ पर्ने युवक बाराको जितपुर सिमरा उपमहानगरपालिका १७ रामनगर बस्ने २० वर्षको सरोज भन्ने निम्लाल योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उनको साथबाट ७५ थान प्रतिबन्धित लागूऔषध नाइट्रोभेट फेला परेपछि उनलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक अनन्त शर्माले बताए।

योञ्जन भारतको रक्सौलबाट नेपालतर्फ तयारी अवस्थाको प्रतिवन्धित लागु औषध लिएर आउँदै गरेको अवस्थामा वीरगञ्जको रजतजयन्ती चोकमा जाँचका क्रममा पक्राउ परेका हुन्।  उनलाई लागूऔषध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.