|

जाजरकोट : नलगाड जलविद्युत आयोजनाको काम सुरु भएको छ। सेना र नलगाड जलविद्युत आयोजनाका बीचमा विस्फोटक पदार्थ प्रयोग सम्बन्धमा सहमति (एमओयू) भएपछि  तीन महिना देखि रोकिएको काम सुचारु भएको छ।

सहमतिसँगै आयोजनाको बाँध स्थलमा सम्म जाने सडक निर्माणका लागि विस्फोटनको काम सुरु भएको छ। विद्युत उत्पादन गृहको भुमिगत सुरुङ (ड्रिफ्ट टनेल टेस्ट)मा विस्फोट गराउन आयोजनासँग सेनाको सहमति भएसँगै काम सुरु भएको हो। सेनाले सहमति विना काम नगर्ने भन्दै विस्फोट पदार्थ प्रयोग गरेको थिएन। सेनाको अडान पछि करिव तीन महिना आयोजनाको सडक र  विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को ड्रिफ्ट टनेल टेस्ट गर्ने कार्य रोकिएको थियो।  आयोजना र सेना बीच सहमति पछि नलगाड नगरपालिका – ७ स्थित दल्ली र चिमिरे ओडार नजिक सडकका काम सुरू भएको हो। केही समय अघि देखि सेनाले सम्झौता बिना नै काम गरिरहेको थियो।  

अहिले भएको सम्झौतामा विस्फोटनमा खटिएका सेनाको बिमा, दैनिक भम्रण भत्ता, खाजा तथा खाना भत्ता, सुरक्षालगायत सेवा सुविधा आयोजनाले उपलव्ध गराउने सहमति भएको छ। सेना सँग सम्झौता नहुँदा सडक निर्माणका लागि चट्टानमा खोपिएका २ हजार ७ सय ‘होल’ विस्फोट हुन नसकेर रोकिएका नलगाड जलविद्युत आयोजनाका इन्जिनियर पदम थापाले जानकारी दिए । 

 डीपीआर सुरु भएको ३२ महिनामा ६५ प्रतिशत काम मात्र पूरा हुँदा स्थानीय स्तरमा यस्तो शंका गरिएको थियो। ३० महिनामा सम्पन्न गर्ने सर्तसहित अस्टे«लियाको स्मेक, अमेरिकाको एमडब्लूएच र नेपालको उदय कन्सल्ट प्रालि जेभीले डीपीआर गर्न नलगाड जलविद्युत आयोजनासँग सम्झौता गरेका थिए। कम्पनीले ड्रिलिङ कार्य ८० प्रतिशत पूरा गरेर जलविज्ञान मापन आकलन, भूकम्प सर्भे, पावर अटिमाइजेसन, फिल्ड सर्भेलगायत अध्ययनको काम गरिरहेको उनले बताए।

रामर्शदाता कम्पनीले विद्युत उत्पादन गृहमा ३ सय ४५ मिटर भुमिगत सुरुङ नमुना परिक्षणको काम गर्नुपर्नेमा अहिले सम्म, १ सय ५५ मिटर मात्र सुरुङ निर्माण भएको छ । बारेकोट गाउँपालिकाको अधेरीखोलामा रहेको  बाँधस्थलमा २ सय ४० मिटर ड्रिफ्ट टनेल टेस्टको कार्य गर्नुपर्नेमा उक्त कार्य सुरु हुन सकेको छैन्।डीपीआर गर्ने समय अवधि गत मंसिरमा सकिएपछि छ महिना थप गरि काम गरेपनि कामले गति नपाउँदा जिल्लाबासीहरु चिन्तित भएका छन्। यो आयोजना बाट ४१० मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। जाजरकोट, रुकुम र डोल्पामा निर्माण हुँन लागेका विद्युत आयोजनाको विद्युत सव स्टेशनका लागि सरोकारवाला निकायले नलगाड नगरपालिका – ७ दानीपिपलमा जग्गा अधिकरणको काम सुरु गर्ने बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.