|

उदयपुर :   गत साउनमा जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका एक परिवारलाई १० लाख राहात दिइएको छ। 

जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएका उदयपुरको बेलका नगरपालिका ३ का रामकुमार सार्कीको परिवारलाई १० लाख रुपैँया राहात दिइएको हो। कोशी टप्पु वन्य जन्तु आरक्षले जंगली हात्तीको आक्रमणबाट ज्यान गुमाएका सार्कीको परिवारलाई डिभिजन वन कार्यालय उदयपुर मार्फत राहात हस्तान्तरण गरेको हो।

डिभिजन कार्यालयका प्रमुख बिष्णुप्रसाद आचार्यले सोमबार मृतकका वुवा डम्बरबहादुर सार्कीलाई १० लाख हस्तान्तरण गरेका छन्। ‘हात्तीको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि कार्यालयले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ दोश्रो संसोधन २०७४ को दफा ५ (क) (ई) वमोजिम राहत उपलब्ध गराउनका लागि तत्कालिन क्षेत्रीय वन निर्देशनालयलाई सिफारिस गरेकाले पीडित परिवारले राहात पाएको  कार्यालयका प्रमुख आर्चालयले बताए। ‘गत साउन ३० गते घरमा बसिरहेका बेला कोशीटप्पुबाट निस्किएको जंगली हात्तीले ४१ बर्षीय सार्कीलाई कुल्चिदा ज्यान गएको थियो।,’ उनले भने, ‘हात्तीको आक्रमणबाट ज्यान गुमाएको पुष्टि भएपछि राहातको सिफारिस गरेका थियौ।’

जंगली हात्तीको आक्रमणबाट चालु आर्थिक बर्षमा मात्रै तीन जनाले ज्यान गुमाएको छन्। हात्तीको आक्रमणबाट ज्यान गुमाएका बेलका नगरपालिका ३ शुक्रबारेका ५७ बर्षीय बुद्धीमान मगर र त्रियुगा नगरपालिका १२ का ७८ बर्षीया सावित्रा राईको पनि आबश्यक मुचुल्का तयार पारी राहतका लागि सिफारिस गरिएको कार्यालयका सुचना अधिकारी जागेश्वर साहले बताए।

मगरलाई गत मंसिर २६ गते र राईलाई पुस १५ गते जंगली हात्तीले आक्रमण गरेको थियो। आरक्षबाट निस्किएका जंगली हात्तीले वर्षेनी झण्डै आधा दर्जनको संख्यामा सर्वसाधरणलाई आक्रमण गर्ने गरेको छ भने स्थानीयले लगाएको अन्नवालीसमेत नष्ट गर्दै आएको छ।

कोशी टप्पु वन्यजन्तु आरक्ष आसपास सौर्य विद्युतबाट करेन्टको तारबार गरेपनि जंगलका विभिन्न नाकाबाट मानव वस्तिमा जंगल हात्ती पस्ने गरेको स्थानीयको गुनासो छ। ‘बेलका नगरपालिकाको वन्यजन्तु आरक्षसँग सीमा जोडिएका क्षेत्रका सर्वसाधरण जंगली हात्तीबाट  पीडित छन,’ बेलका नगरपालिका स्थानीय पत्रकार भरत घिमिरेले भने, ‘खेतबारीमा लगाएको अन्नवाली नष्ट गरिदिने देखि ज्यान समेत लिने गरेको छ, ति सवैको क्षतिपुर्ति समयमै पाए राम्रो हुने थियो।’
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.