|

रामेछाप : जिल्लाको सदरमुकाम मन्थलीमा रहेको हार्डवेयर पसलबाट कम तौल भएका तराजु तथा म्याद नाघेका इनामेल, हारपिक, मोबिल लगायतका वस्तु ठूलो परिमाणमा बरामत गरिएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापबाट खटिएको बजार अनुगमन टोलीले मन्थलीमा रहेका ठूला हार्डवेयर पसलहरु बिएस हार्डवेयर मन्थली, नवमी हर्डवेयर मन्थली, लक्की हार्डवेयर मन्थली र दीपज्योति हार्डवेयर मन्थलीबाट कम तौल भएका तराजु तथा म्याद नाघेका वस्तु बरामत गरेको हो।

जिल्ला प्रशासन कार्यालय रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद भट्टराइको नेतृत्वमा निस्केको बजार अनुमगन टोलीले हार्डवेयर पसलको छड्के अनुगमन गरेको थियो। बजार अनुगमनको जानकारी पाएपछि गैरकानूनी रुपमा सञ्चालन भएका पसल बन्द गरेर सञ्चालक केही दिन फरार हुने, अनुगमन टोली जाँदा म्याद नाघेका समान लुकाउने र म्याद नाघेका सामान पुनः बेच्नेजस्ता कार्य ब्यावसायिबाट भएपछि छड्के अनुगमन गर्न थालिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायब सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए।

विगतको तुलनामा जिल्ला प्रशासन कार्यालयले बजार अनुगमनमा कडाई गरे पनि ब्यावसायिले म्याद नाघेका वस्तु बिक्री गर्ने क्रम भने नरोकिएको उपभोक्ता मञ्च रामेछापका सचिव दीपक कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.