|

रौतहट : रौतहटको फतुहा विजयपुर नगरपालिकामा नगर प्रमुख र उप प्रमुखबिच विवाद भएपछि दोहोरी नै चलेको छ।

नगर प्रमुख गोपालप्रसाद यादव र नगर उप प्रमुख कान्ति महतोले आ–आफनै तरिकाले पत्रकार सम्मेलन गरी एक अर्काबिच आरोप प्रत्यारोप गदै आएका छन्। मंगलबार नगर प्रमुख यादवले उप प्रमुख महतोको कारण नगर सभा हुन नसकेको बताएपछि बुधबार उप प्रमुख महतोले आपत्ती प्रकट गरेकी छिन्। प्रेस बक्तब्य जारी गदै उप प्रमुख महतोले विभिन्न ६ वटा प्रश्न राख्दै उत्तर दिन समेत नगर प्रमुखलाइ पत्रचार गरेकी छिन्। नगर सभा नहुन आफनो कुनै दोष नभएको नगर उप प्रमुख महतोको भनाइ छ।

नगर प्रमुख र उप प्रमुखको विवादको कारण अहिले सम्म सो नगरपालिकाको नगर सभा पनि हुन सकेको छैन्। करिब १ हप्ता अगाडि नगर प्रमुख गोपालप्रसाद यादवले नगरपालिकामा एकलौटी गरे भनेर उप प्रमुख कान्ति महतोले पत्रकार सम्मेलन गरेकी थिइन। त्यसैगरी नगर प्रमुख यादवले पनि मंगलबार आफनै कार्यालयमा पत्रकार सम्मेलन गरी उप प्रमुख महतोले नगर सभा हुन नदिएको आरोप लगाएका छन्। नगर कार्यपालिकामा दुई तिहाई बहुमतको दम्भ देखाउँदै उप प्रमुख पक्षले नगरसभा हुन नदिँदा चालु खर्च बाहेक अन्य कुनै पनि शीर्षकको रकम खर्च हुन नसकेको नगर प्रमुख यादवको भनाइ छ।

उक्त नगरपालिकाको २१ सदस्यीय कार्यपालिका मध्ये १७ जना नेकपाको रहेका छन्।  गत हप्ता ८ वटा वडाध्यक्षसहित उपमेयर कान्ति देवी महतोले पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले नगरसभा नै नगरेको प्रमुख प्रशासकीय अधिकृत सागर रोक्कासँग मिलेर लालबकैया नदीमा नदीजन्य सामाग्री निकासी गराइ लाखौ रकम हिनामिना गरेको आरोप लगाएकी थिइन।

केही वडा अध्यक्षहरुले कर उठाएर पनि रकम दाखिला नगरेको  सो पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले बताएका छन्। उप प्रमुख पक्षका केही वडा अध्यक्षहरुले लालबकैया नदीको गिटी, बालुवा, ढुंगाको कर अशुली हिनामिना गरेको मेयरको आरोप छ। नदीबाट उठेको पैसा बैंक खातामा ३३ लाख जम्मा रहेको समेत उनले बताए। उप प्रमुख पक्षले भने करोड भन्दा बढी रकम उठे पनि थोरै रकम देखाएको बताएका छन्। नगर प्रमुख यादव नेपाली कांग्रेसबाट निर्वाचित हुन भने उप प्रमुख महतो नेकपाबाट निर्वाचित हुन्।

रौतहटको अझै पनि तीन वटा नगरपालिकाको अझै नगरसभा हुन सकेको छैन्। प्रमुख र उपप्रमुख पक्षधर बीच विवाद भएकै कारण नगर सभा हुन नसकेको हो। जिल्लाको बौधिमाई नगरपालिका, कटहरिया नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको अझै पनि नगर सभा हुन नसकेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.