|
प्रतीकात्मक तस्विर

कञ्चनपुर : प्रहरीले कञ्चनपुरबाट पुनः साढे पाँच किलो सुन बरामद गरेको छ।  शुक्लाफाँटा नगरपालिका ११ अमरपुरका लक्ष्मण तिरुवाको घरबाट साढे पाँच किलो सुन बरामद भएको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध अनुसन्धान महाशाखाका सुदीप गिरी र  जिल्ला प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाको टोलीले बाख्रा बाँध्ने खाेरकाे जमिनमा दुईवटा पोका पारेर लुकाइराखेको अवस्थामा पाँच केजी ६६२ ग्राम सुन फेला पारेको प्रहरीले जनाएको छ। 

सुनसहित ३२ वर्षीय तिरुवालाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कठायतले जानकारी दिए। यसअघि प्रहरीले बिहीबार बिहान पुनर्वास नगरपालिका २ दशरथ बस्तीबाट  १८ किलो बरामद गरेको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.