|
File Photo

पर्वत : पर्वतको विहादी गाउँपालिका ५ उराममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना गम्भीर घाइते भएका छन्।

ध १ च ३१५ नम्बरको ट्‍याक्टर उरामको हाडिखर्क भन्ने स्थानमा दुर्घटना हुँदा ट्याक्टरका मालिक उरामकै पदम बहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष श्याम केसीले जानकारी दिए। यस्तै ट्याक्टरका सहचालक बिक्कु के.सी. गम्भीर घाईते भएका छन्। उनलाई उपचारको लागि स्याङजाको वालिङ हस्पिटलमा लगिएको छ। ट्याक्टर गुड्दै गरेको बेलामा छेउको माटो भासिएर दुर्घटना भएको पनि वडाध्यक्ष केसीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.