|
फाइल फाेटाे

काठमाडौं : खानेपानीमन्त्री बिना मगरले पुन: सचिव परिवर्तन गरेकी छन्। खानेपाली मन्त्रालय प्रवेश गरेसँगै मन्त्री मगरले काम गर्न समस्या भएको भन्दै तत्कालीन खानेपानी सचिव कृष्णराज विसीलाई सरूवा गरेर गजेन्द्र ठाकुरलाई वातवरण मन्त्रालयबाट तानेकी थिइन्। 

मंगलबार सचिव ठाकुरको पनि सरुवा भएको छ। खानेपानी मन्त्रालयमा को सचिव आउन लागेको हो भन्ने स्पष्ट नभए पनि ठाकुरको सरुवा भएको मन्त्री मगरले बताएकी छन्। 

खानेपानी मन्त्रालयका प्रवक्ता सहसचिव शंकरप्रसाद सुवेदीले आधिकारीक रूपमा सरुवा भएको जानकारी नभएको तर सचिव ठाकुरले आफैँ 'म सुरुवा भएँ' भन्दै हिँडेको बताए। 'आधिकारीक केही पत्र आएको छैन तर सचिवज्यूले सरूवा भयो भनेर हिड्नु भयो', सुवेदीले भने।

मन्त्री मगर र सचिव ठाकुरबीच मेलम्ची खानेपानी आयोजना कसरी अघि बढाउने भन्ने विषयमा विवाद भएको बताइएको छ। त्यसपछि सचिव ठाकुरको सरुवा भएको हो। 

यसअघि संसदीय समितिमा सचिव ठाकुर मनपरी बोलेको भन्दै विवाद भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.