|

काठमाडौं : अवैधरूफमा नेपाल भित्र्याउँदै गरेका कुखुराको चल्लासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा उतराखण्ड रुद्रपुरका जमिल अहमद, रेहान अहमद र ईवरहान अहमद रहेका छन्। उनीहरूलाई बारा प्रहरीले मंगलबार जितपुर सिमराबाट पक्राउ गरेको हो।

उनीहरूले कुखुराका चल्ला ना ६ ख ९३४० नम्बरको बसमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बारा अम्लेगंजबाट खटिएको प्रहरी टोलीले कुखुराको चल्लासहित पक्राउ गरेको हो। उनीहरूको साथबाट प्रहरीले तीन हजार पाँच सयभन्दा बढी कुखुराका चल्ला बरामद गरेको दुई नम्बर प्रहरी कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.