|

हेटौँडा : मकवानपुरको विकट चेपाङ बस्ती रहेको खैराङमा पहिलो पटक मोटर पुगेपछि स्थानीयले खुशीयाली मनाएका छन्। राक्सिराङ गाउँपालिका-९ स्थित डन्टार-काङ्सिराङ-झिरुवास सडकखण्डको काङ्सिराङसम्म सडक निर्माण भएपछि पहिलो पटक मोटर गाउँ पुगेको हो।

वडा नम्बर ९ स्थित डन्टारबाट काङ्सिराङसम्म मोटर बाटो पुर्‍याइएको छ। सडकको उद्घाटन गर्दै प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले सडकले स्थानीय बासिन्दाको जीवन परिवर्तनमा सहयोग पुग्ने बताए। राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले मोटरबाटो खुलेसँगै स्थानीय बालबालिकालाई पढ्न जान–आउन र स्थानीय कृषि तथा पशुजन्य उत्पादन बजार पुर्‍याउन सहज हुने बताए। अध्यक्ष मल्लले आगामी आर्थिक वर्षमा काङ्सिराङबाट लोजा हुँदै धादिङको सिमाना पर्ने झिरुवास गाउँसँग जोड्ने गाउँपालिकाको योजना रहेको जानकारी दिए।

सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजन मल्लका अनुसार राक्सिराङ गाउँपालिका र स्थानीय उपभोक्ताको जनश्रमदान गरी ६० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.