|

लहान : सिरहाको लहान नगरपालिका–१८ भदैयाबाट प्रहरीले घरमा लुकाएर राखिएको अवैध काठ बरामद गरेको छ। 

इलाका प्रहरीका कार्यालय लहानले शनिबार स्थानीय स्माइल मियाँको घरमा लुकाएर राखिएको ३० क्युफिट काठ बरामद गरेको हो। बरामद गरिएको काठमा २९ थान साल, मुरकुट दुई थान, नौ थान अस्माको र ६ थान सिसौको काठ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
 
बरामद गरिएको काठ जिल्ला वन कार्यालय लहानमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक माघवराज खरेलले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.