|

काठमाडौं :  संस्कृति पर्यटन तथा नागरिक उड्‍यनमन्त्री रविन्द्र अधिकारीसहित सातजना चढेको हेलिकोप्टर बुधबार दुर्घटना भयो। हेलिकोप्टरमा चढ्ने सबैको मृत्यु भएको छ। 

हेलिकोप्ट चढ्ने योजना मन्त्री अधिकारीसँगै तेह्रथुमका सांसद विजय सुब्बा र गृहसचिव प्रेम राईको पनि थियो। तर, दुवैजनालाई अनुकूल नमिलेपछि मन्त्री अधिकारीसँग उनीरहरू सँगै गएका थिएनन्। 

तेह्रथुमका सांसद विजय सुब्बाले तेह्रथुमको आठ राई गाउँपालिका चुहान डाँडामा विमानस्थल अवलोकनका लागि आफूलाई पनि सँगै जान अनुरोध आएको तर सिट नपुकोले आफू नगएको बताए।  गृह सचिव राईले पनि पर्यटनमन्त्री अधिकारीले आफूसँगै तेह्रथुम जान आग्रह गरेका थिए। तर, आफ्नो समय अभावका कारण आफू जान नपाएको सुनाए।

सम्बन्धित समाचारहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.