|

काठमाडौं : नेपाल र भारतबीचका परियोजना अनुगमन संयन्त्रको पहिलो बैठक मंगलबार काठमाडौंमा बस्दैछ। 

बैठकमा भारतीय सहयोगमा सञ्चालित परियोजनाको समिक्षा हुनेछ। भारतीय पक्षको नेतृत्व नेपालका लागि भारतीय राजदूत रनजीत रे र नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्ने बैठकमा नेपालका परराष्ट्र, भौतिक योजना, अर्थ, वाणिज्य र पर्यटन मन्त्रालयका उच्च अधिकारी तथा भारतीय दुतावासका उपप्रमुख, आर्थिक मामिला प्रमुख लगायतको सहभागिता रहनेछ। 

बैठकमा सीमापार रेल परियोजना, अन्तरसीमा विद्युत प्रशारण लाइन, हुलाकी राजमार्ग, भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय अनुदान र ऋणमा सञ्चालन हुने परियोजना लगायतका विषयमा छलफल हुनेछ। 

भारतीय लगानीमा सञ्चालित परियोजना अनुगमन गर्न र त्यसमा देखिएका समस्या समाधान गर्न संयन्त्र गठन भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.