|

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा हुलास शेर्पा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा मगर रहेका छन्। गम्भीर घाइते भएका जिप चालक विमल घर्तीको पनि उपचारका अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 'व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय घर्ती गम्भीर घाइते रहेका छन्,' जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्याले भने, 'घाइते घर्तीलाई थप उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छ।'

अन्य घाइतेहरूको दमौलीस्थित दमौली अस्पताल र रत्नहरी अस्पतालमा उपचार भइरहेको छ। छिर्कनबाट दमौलीतर्फ आउँदै गरेको ग१ज २९०७ नम्बरको जीप ओरालोमा टायर पड्कीएर अनियन्त्रित भइ पल्टिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.