|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गठन भएको करिव ४ महिनापछि मन्त्रिपषरिद् बिस्तार हुने भएको छ। नेपाली कांग्रेसका तर्फबाट १० जना राज्यमन्त्री थपेर प्रधानमन्त्रीले मन्त्रिपरिषद बिस्तार गर्न लागेका हुन्। 

कांग्रेसले पार्टीको तर्फबाट बन्ने १० जना राज्यमन्त्रीको नाम मंगलबार प्रधानमन्त्रीलाई बुझाएको थियो। कांग्रेसले सभापति शेरबहादुर देउवा पक्षबाट ५ जना, रामचन्द्र पौडेल पक्षबाट ३ तथा कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का पक्षबाट एक-एक जनालाई राज्यमन्त्रीमा सिफारिस गरेको हो। 

देउवा पक्षबाट दीलिपकुमार गच्छदार श्रम तथा रोजगार, सुरेन्द्र आचार्य सिञ्चाई, दीर्घराज भाट भौतिक पूर्वाधार तथा यातायात, सुवर्ण ज्वारचन सहरी विकास र सीताराम मेहता वन तथा भूसंरक्षण राज्यमन्त्रीमा सिफारिस भएका छन्। त्यस्तै रामचन्द्र पौडेल पक्षबाट दीपक खड्का खानेपानी तथा सरसफाइ, मिठू मल्ल वाणिज्य र कञ्चनकुमार वादे उद्योग राज्य मन्त्रीमा सिफारिस भएका छन्। पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबाट तारामान गुरुङ स्वास्थ्य र खुमबहादुर खड्का पक्षबाट इन्द्र बानियाँ संस्कृति पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्रीमा सिफारिस भएका हुन्। 

उनीहरुलाई धबार शपथ गराउने तयारी गरिएपनि समय तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ३१ सदस्यीय रहेको मन्त्रिपरिषद बिस्तारसँगै ४१ सदस्यीय हुनेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.